सुन्धारामा जेनजी समूहहरू हात हालाहालमै उत्रिएका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समर्थक आएपछि यहाँ झडपकै अवस्था सिर्जना भएको हो।
सोमबार शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो।
भड्किएको प्रदर्शनले सार्वजनिक सम्पत्तिदेखि व्यक्कितगत सम्पत्ति ध्वस्त पार्यो। हालसम्म ३४ जनाको मृत्यु भइसक्यो भने हजार बढी व्यक्ति घाइते हुन पुगे।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएको जेनजी प्रदर्शन भड्किन पुग्दा देशको सत्ता नै कायापलट हुन पुग्यो।
यतिबेला देश सरकारविहीन अवस्थामा छ। नेपाली सेना बाहेक राज्यका सबै संरचना अस्तव्यस्त छन्।
सेनाले अन्तरिम सरकार गठन लगायत देशलाई निकास दिने कार्यमा सहजीकरण गरिरहेको छ। जसका लागि विभिन्न जेनजी समूहसँग वार्ता गरिरहेको छ। जेनजीहरू आ-आफ्नो समूहको नेतृत्वका लागि पहल गरिरहेका छन्।
यसै सन्दर्भमा बिहीबार दिउँसो सुन्धारामा जेनजीका समूहहरू प्रधानमन्त्री को बनाउने भन्ने विषयमा विवाद बढेको हो। हर्क साम्पाङ समर्थक आएपछि भने विवाद झडपमै पुगेको हो।























Shares

प्रतिक्रिया