राजनीति


काठमाडौँ मलअगाडि हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

काठमाडौँ मलअगाडि हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १४:३९, काठमाडौँ

काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ। 

प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो। 

हर्क साम्पाङ समर्थक बढी आक्रामक देखिएका छन्।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन्। 

अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन।  

काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad