फोटोफिचर


प्रदर्शनकारीको निशानामा परेको सिंहदरबारमा सन्नाटा (तस्बिरहरू)


सरोज नेपाल
भदौ २६, २०८२ बिहिबार १३:५, काठमाडौँ

बुधबार प्रदर्शनकारीहरूले आगो लगाइदिएपछि मुलुकको प्रमुख प्रशासनिक मुकाम सिंहदरबार खण्डहरमा परिणत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालुवाटारबाटै नेपाली सेनाले अन्यत्रै लगेर सुरक्षित स्थानमा राखेको छ। अन्य मन्त्रीहरूको पनि मंगलबार सेनाले उद्धार गरेपछिको अवस्था अज्ञात छ। यता संसद सचिवालयमा पनि सुनसान छ।

मुख्य सचिव एकनारायण अर्यालले भर्चुअल बैठक राखी प्रशासकहरूलाई आपतकालीन सेवा प्रवाहका विषयमा छलफल गरे पनि प्रायः मन्त्रालय तथा केन्द्रीय निकाय कर्मचारी पुगेका छैनन्। कर्फ्युका कारण काठमाडौँ उपत्यकामा आवागमन पनि बन्द छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad