फोटोफिचर


वसन्तपुरको इन्द्रजात्रा हेर्नुहोस् १६ तस्बिरमा


सरोज नेपाल
भदौ २१, २०८२ शनिबार १८:५८, काठमाडौँ

वसन्तपुर दरबार क्षेत्रमा देवराज इन्द्रको पूजाआजा गरी हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइएको छ। इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हो।

इन्द्रजात्रा स्थल वसन्तपुर क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतको सहभागिता रहेको थियो। हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हेर्ने परम्परा छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि यो पर्व सुरु हुन्छ। ‘इन्द्रध्वजोत्थान’ भनिने सो अवसरमा लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad