वर्षा र सहकालका देवता देवराज इन्द्रको सम्मानमा आज काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा इन्द्रजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौँ उपत्यस्थित बसन्तपुरलगायत ठाउँमा विशेष उत्साहका साथ मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि यो पर्व सुरु हुन्छ। ‘इन्द्रध्वजोत्थान’ भनिने सो अवसरमा लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ।
इन्द्रजात्रा पर्व नाचगान, रथयात्रा, भैरव र गणेशको पूजाआजा गरेर आठ दिनसम्म भव्यताका साथ मनाइन्छ। जनविश्वास अनुसार, शत्रु पराजयपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउने प्रचलन छ। बसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपति पत्नी सविता पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री बद्री पाण्डे, काठमाडौँ महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतको सहभागिता छ।















Shares

प्रतिक्रिया