फोटोफिचर


वसन्तपुरमा धिमे नाच (तस्बिरहरू)


सरोज नेपाल
भदौ १९, २०८२ बिहिबार १६:४, काठमाडौँ

नेवार समुदायका युवायुवतीले बिहीबार काठमाडौँ दरबार स्क्वायरमा धिमेबाजा र नृत्य प्रस्तुत गरेका छन्।

धिमे बाजा नेवारी समुदायको सांस्कृतिक बाजा हो। आज वसन्तपुरमा युवाले धिमेबाजा घन्काएका हुन्।

नृत्य कार्यक्रममा स्थानीय संघसंस्था र सांस्कृतिक समूहहरूको उपस्थिति थियो। यस ऐतिहासिक नृत्य तथा बाजाको प्रदर्शनले सांस्कृतिक संरक्षण र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनीहरूको दाबी छ।

यसले धिमेबाजासँगै नेवारी समुदायको एकता, संस्कृति र सद्भावको सन्देशसमेत फैलाउने उनीहरूको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad