हङकङको एक सार्वजनिक आवास निर्माणस्थलमा सातौँ तलाबाट खसेर २६ वर्षीय कामदारको मृत्यु भएको छ।
बिहीबार बिहान साढे १० बजेतिर लोकमा चाउस्थित क्यासल पिक रोडमा रहेको सार्जनिक आवास निर्माण स्थलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
पीडित स्क्रु बाँध्ने काममा खटिएका थिए। उनी दोस्रो तलाको पोडियममा सात तला माथिबाट खसेका थिए।
बेहोस अवस्थामा उद्धार गरिएका कामदारलाई उत्तरी जिल्ला अस्पताल लगिएको थियो जहाँ उनलाई बिहान ११:४५ बजे मृत घोषित गरियो।
आवास प्राधिकरणको वेबसाइटमा उल्लेख भएअनुसार उक्त स्थल 'क्वुतुङ नर्थ एरिया १९' नामक सार्वजनिक आवास विकासको हो। यहाँ ४,९६८ फ्ल्याटसहित ६ वटा ३८/४० तले ब्लक छन्।
श्रम विभागले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
'दुर्घटनाको रिपोर्ट प्राप्त भएपछि विभागले तुरुन्तै घटनास्थलमा कर्मचारी खटाएको छ र अनुसन्धान गरिरहेको छ,' विभागका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।
Shares

प्रतिक्रिया