ad ad

फोटोफिचर


हिउँको कार्पेटमाथि कालिञ्‍चोक (फोटो फिचर)


आनन्दज्योति शाक्य
माघ ७, २०७८ शुक्रबार १२:३६, काठमाडौँ

पर्यटकीय एवम् धार्मिक महत्व बोकेको कालिञ्चोकमा यतिबेला आन्तरिक पर्यटकको ओइरो लागेको छ। 

कालिञ्चोक बजार र कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा हिमपात जारी रहेपछि काठमाडौंसहित देशभरबाट त्यहाँ पुग्ने मानिस बढिरहेका छन्। 

धार्मिक यात्रा र हिमपातको दृश्यावलोकनका कालिञ्चोक पछिल्लो समय आकर्षणको केन्द्र बनिरहेको छ। 

कालिञ्चोक भगवतीको मन्दिर क्षेत्रबाट रमणीय हिमश्रृंखला देखिने भएकाले पनि त्यहाँ पुग्न तँछाडमछाड गर्नेको संख्या ठूलो छ। 

मंसिरदेखि यहाँ हिउँ पर्ने गर्छ। त्यहीकारण करिब ३ महिना यहाँ हिउँ खेल्न पुग्नेहरूको लर्को लाग्छ। कालिञ्चोकको कुरी बजार अहिले आन्तरिक पर्यटकको केन्द्र बनेको छ। 

कुरी बजारमै हिउँ पर्ने गर्छ। बस्नलाई सुविधायुक्त होटल रहेको कुरी बजारको दृश्य युरोपेली मुलुकको भन्दा कम देखिँदैन। 

कुरी बजारबाट एक घण्टामाथि कालिञ्चोक भगवती मन्दिर छ। ३,८४२ मिटर उचाइको कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको बताइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .