नेपाली कथानक चलचित्र ‘मीरा’को शुभमुहूर्त गरिएको छ।
रोशन कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘मीरा’को सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मुहूर्त गरिएको फिल्म युनिटले जनाएको छ।
चलचित्रमा रमेश क्षेत्री, प्रेम बस्याल, रविना केसी, राजु श्रेष्ठ, रजिना अर्याल, सुनील कटुवाल लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।
द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे इन्टरटेन्मेटको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा गोपाल कार्की र आरोही श्रेष्ठले संयुक्त रुपमा लगानी गर्नेछन्।
चलचित्र ‘मीरा’को कथा प्रेम बस्यालले लेख्नेछन्। चलचित्र नारी प्रधान हुने निर्देशक रोशन कुमार श्रेष्ठले बताए।
45
Shares
प्रतिक्रिया