मधेस


उच्च अदालत जनकपुर: दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झर्‍यो

उच्च अदालत जनकपुर: दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झर्‍यो

नेपालखबर
असार २१, २०८३ आइतबार १४:४०, जनकपुरधाम

चालु आर्थिक वर्ष २०८२/०८३ मा उच्च अदालत जनकपुरलाई दुई हजार बढी मुद्दा फर्स्योट गर्न बाँकी रहेको छ।

अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार जिम्मेवारी सरी आएको २ हजार २६७ र नयाँ दर्ता भएको ४ हजार १६१ गरी कुल ६ हजार ४२८ मुद्दामध्ये ४ हजार ३३० मुद्दा फर्स्यौट भई २ हजार ९८ मुद्दा फर्स्यौट हुन बाँकी रहेको हो।

कुल मुद्दामध्ये ६७.३६ प्रतिशत फर्स्योट भएको छ। लक्ष्यको ९७.२४ प्रतिशत फर्स्योट भएको तथ्यांकमा दाबी गरिएको छ।

यस्तै दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ। तथ्यांकअनुसार दुई वर्ष नाघेको मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई वर्षभित्रको मुद्दाको संख्या १३ वटा छ।

यस्तै एक वर्षदेखि डेढ वर्षभित्रको ३८७ वटा मुद्दा बाँकी रहेको छ।

अदालतका रजिष्ट्रार विश्वजंग सिँजापतिले जिम्मेवारी सरी आएको र नयाँ दर्ता मुद्दामध्ये २ हजार ९८ वटा फर्स्योट हुन बाँकी रहेको जनाएको छ।

उच्चले यस आर्थिक वर्षको फर्स्योट लक्ष्य ४ हजार ५४६ वटा राखेकोमा असार १९ गतेसम्म ४ हजार ३३० रहेको छ।

अदालतका कायममुकायम मुख्यन्यायाधीश टेकनारायण कुँवरको इजलासले १ हजार ३१० वटा मुद्दाको फर्स्योट गरेको छ।

त्यसै गरी न्यायाधीश टीकाराम आचार्यले १ हजार ११५, जगदिश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलाशप्रसाद सुवेदीले ८२६, फुर्पा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ मुद्दाको फर्स्योट गरेको रजिष्ट्रार सिँजापतिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad