खेल


लुम्बिनी लायन्सको सीईओमा सन्देश कटुवाल

लुम्बिनी लायन्सको सीईओमा सन्देश कटुवाल

नेपालखबर
असार २१, २०८३ आइतबार १४:५८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन टोली लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। लुम्बिनी लायन्सका प्रमुख इश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए।

गत सिजनमा लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे रहेकी थिइन्। गत सिजन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो।

‘लुम्बिनी लायन्सलाई यस अवसरका लागि धन्यबाद दिन चाहन्छु। विगतमा पनि एनपीएलमा जोडिएको हिसाबमा अझ सहज हिसाबमा आफ्नो भूमिका निभाउन सकिन्छ भन्ने आशा लिएको छु। बिजनेस म्यानेजमेन्ट र स्पोर्टस म्यानेजमेन्टलाई एउटा हिस्सा बनाउँदै कर्पोरेट हाउसमा टिम कल्चर बनाउने उद्धेश्य राखेको छु,’ नियुक्ती पछि कटुवालले भने।

कटुवाल पहिलो सिजनमा एनपीएलको अर्को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको सीईओ रहेका थिए। पूर्व खेलाडी तथा खेल प्रेमी कटुवालसँग कर्पोरेट र बिजनेस क्षेत्रको २० वर्षको अनुभव छ। उनले कान्तिपुर मिडिया ग्रुपमा बिजनेस हेड, यामाहामा सिनियर म्यानेजर र एपेक्स कलेजमा हेड अफ स्ट्रेजीको रुपमा कार्य गरिसकेका छन्।

नेपाल स्पोर्टस म्यानेजमेन्टले इन्डोर क्रिकेट र फुटबलका लागि भेलोसिटी एरिना स्थापित गर्दा कटुवाल त्यसको एक लगानीकर्ता मध्ये थिए। कटुवालको नेतृत्वमा काठमाडौं र उपत्यका बाहिर विभिन्न प्रतियोगिता आयोजना गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad