मधेस


धनुषामा ६६ गाडीबाट हटाइयो कालो सिसा

धनुषामा ६६ गाडीबाट हटाइयो कालो सिसा

नेपालखबर
असार १९, २०८३ शुक्रबार २०:४१, जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी कार्यालयले कानुनविपरीत सवारी साधनको झ्यालमा प्रयोग गरिएका कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टीकर हटाउने अभियान तिव्र पारेको छ।

जिल्ला ट्राफिक कार्यालय धनुषाले बुधबारदेखि सञ्चालन गरेको अभियानको क्रममा १२१ वटा सवारीसाधनको जाँच गर्दा ६६ वटा गाडीको कालो सिसा तथा स्टिकर हटाइएको छ भने ५५ वटा सवारी धनीलाई सम्झाइबुझाइ छाडिएको छ। 

जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख खगेन्द्र दाहालले कालो सिसा तथा कालो स्टिकरको दुरुपयोगबाट हुन सक्ने आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शंकास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताए।

उनका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति वा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार धरौटी राखेर अधिकतम २० प्रतिशतसम्म मात्र टिन्टेड ग्लास प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।

सवारीधनी तथा चालकलाई कानुनविपरीत कालो सिसा वा कालो स्टिकर प्रयोग नगर्न आग्रह गर्दै यस अभियानलाई निरन्तरता दिइरहने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad