मधेस


महोत्तरीको गौशाला नगरप्रहरी पक्राउको विरोधमा भंगहाका कर्मचारी आन्दोलित

महोत्तरीको गौशाला नगरप्रहरी पक्राउको विरोधमा भंगहाका कर्मचारी आन्दोलित

नेपालखबर
असार १९, २०८३ शुक्रबार १९:२७, जनकपुरधाम

महोत्तरी गौशाला नगरपालिकाका नगरप्रहरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा भंगहा नगरपालिकाका कर्मचारीहरू पनि आन्दोलित भएका छन्।

घटनाप्रति असन्तुष्टि जनाउँदै भंगहा नगरपालिकाका कर्मचारीहरूले शुक्रबार संयुक्तरूपमा एक प्रेस विज्ञप्ति जारी गरी कर्मचारीहरूले कुनै पूर्वसूचना वा आवश्यक समन्वयबिना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको घटनाले स्थानीय तहका कर्मचारीहरूमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको भनेका छन्।

स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीमाथि भएको व्यवहारले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार तथा कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेकाले यसमा तत्काल सुधार गर्नुपर्ने माग विज्ञप्तिमार्फत् गरेका छन्।

कर्मचारीहरूले पक्राउ परेका आठै जना नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थानीय तहका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन्।

ती कर्मचारीहरूले स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूको सम्मान र सुरक्षामा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पार्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कानुनी शासन, अन्तरसरकारी समन्वय र संवैधानिक व्यवस्थाको भावनाविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।

यसअघि गौशाला नगरपालिकाका कर्मचारीहरू नगरपालिका र नगरपालिका मातहत सञ्चालन हुने सम्पूर्णका कामकाज ठप्प पारेका छन्। उनीहरूले नगर प्रहरीहरूको रिहाइ नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

कर्मचारीहरूको आन्दोलनले नगरपालिका कार्यालयसहित मातहतका विद्यालय, स्वास्थ्य र शैक्षिक संस्थाहरू आजदेखि बन्द भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad