लामो समयदेखि रोकिएको मधेस प्रदेशका सांसदका स्वकीय सचिवहरूको रोकिएको तलब एकमुस्ट दिइने भएको छ।
गत कात्तिक महिनादेखि रोकिएको तलब सुविधा चौतर्फी दबाबपछि मधेसको मन्त्रिपरिषद् बैठकले एकमुस्ट वितरण गर्ने निर्णय गरेको हो।
प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले मुख्यमन्त्री कार्यालयबाट पत्राचार भइसकेकाले असार २५ गतेभित्र सबै स्वकीय सचिवहरूलाई तलब वितरण गरिसक्ने जानकारी दिए।
उनका अनुसार ९१ जना सांसद, दलको नेता र प्रमुख सचेतकका सचिवालयका कर्मचारीहरूको तलब बाँकी छ।
तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले सांसदका स्वकीय सचिव हटाउने निर्णय गरेपछि संघ, प्रदेश सबै सांसदहरूका स्वकीय सचिवहरूको तलब सुविधा रोकिएको थियो।
अर्थ मन्त्रालयले गत असोज ७ गते नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने’ परिपत्र जारी गरेको थियो ।
Shares

प्रतिक्रिया