धनुषाधाम नगरपालिका वडा नम्बर १ मा मतदान भइरहेको छ। बिहान ७ बजे सुरू भएको मतदान शान्त वातावरणमा भइरहेको छ।
यस नगरपालिकामा २९ देखि ६१ वर्ष उमेरका १३ जना उम्मेदवार मैदानमा छन्।
जसमा एमालेका ४५ वर्षीय प्रमोद यादव, कांग्रेसका ३२ वर्षीय अशोककुमार मण्डल र माओवादीका २८ वर्षीय सुनील कापर केवट छन्
२० उम्मेदवारमध्ये केवट सबैभन्दा कान्छा हुन्।

सबैभन्दा जेठा उम्मेदवार भने राप्रपा नेपालका फौदार सादा मुसहर छन्। उनी ६१ वर्षका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ ४१ वर्षीय राम नरेश दासलाई उठाएको छ।
यस्तै राप्रपाबाट ५५ वर्षीय राम देव सिंह दनुवार, जसपा नेपालबाट २९ वर्षीय अजय कुमार यादव र जनमत पार्टीका ४२ वर्षीय कुशेश्वर मण्डल उम्मेदवार छन्।

बहुजन एकता पार्टी नेपालकी प्रमिला कुमारी सदा, जनता समाजवादी पार्टीबाट अरुण सादा मुसहर, राष्ट्रिय जनता पार्टी नेपालबाट लक्ष्मिनिया देवी छन्।
यहाँ ९ जना स्वतन्त्र उम्मेदवार छन्। जसमा दिलिप कुमार ठाकुर वरही, नरेश सदा, रञ्जित कुमार यादव, रवि कुमार मण्डल, विनोद कुमार यादव, विनोद मण्डल, विशेश्वर मण्डल, सञ्जय कुमार यादव र हुकुम सिंह छन्।
यस वडामा ३६ सय मतदाता छन्।

Shares

प्रतिक्रिया