धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष पदका लागि अहिले मतदान भइरहेको छ।
हालसम्म ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए। यस वडामा तीनवटा मतदान स्थलमा चारवटा मतदान केन्द्र राखिएको छ।
३६ सय मतदाता रहेको यस वडामा हालसम्म १६ सयभन्दा बढि मत खसेको हो।
५ बजे मतदान सकिएपछि साढे ५ बजेसम्म मतपेटिका जम्मा गरिने छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेकै स्थानमा आजैबाट गणना सुरु हुने खड्काले जानकारी दिए ।
36
Shares

प्रतिक्रिया