झापाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मुको खोलामा डुबेर मृत्यु भएको छ।
आज (शनिबार) बिहान करिब १०ः३० बजे घाघरा खोला तर्ने क्रममा खुट्टा चिप्लिएर मुर्मु डुबेको स्थानीयले देखेपछि तत्काल उद्धार गरी घरतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शवलाई प्रादेशिक मेची अस्पतालमा पोष्टमार्टम पछि परिवारले अन्त्येष्टि गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया