मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले गएराति उक्त हतियार र विस्फोटक सामग्री फेला पारेको हो।
वन क्षेत्रमा चोरी-सिकार भइरहेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जंगलभित्र रातो प्लास्टिकको बोरामा राखिएको अवस्थामा भरुवा बन्दुक १ र त्यसमा प्रयोग हुने विभिन्न विस्फोटक पदार्थ फेला पारेको हो।
बरामद हतियार तथा विस्फोटक सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
Shares

प्रतिक्रिया