कोशी


मध्यराति घर खानतलासी गर्दा कटुवा पेस्तोल र लागुऔषध बरामद

मध्यराति घर खानतलासी गर्दा कटुवा पेस्तोल र लागुऔषध बरामद

नेपालखबर
साउन ६, २०८३ बुधबार ११:४२, विराटनगर

मोरङको विराटनगरबाट मध्यराति हतियार र लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१८, झटियाही बुधनगरका ५९ वर्षीय लालकिशोर यादवलाई कटुवा पेस्तोल र विभिन्न किसिमका लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। 

​कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति १२:१० बजेतिर यादवको घरमा छापा मारेको थियो।

यादवको कोठा खानतलासी गर्दा उनको साथबाट १ थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरो हेरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

​गैरकानुनी हतियार र लागुऔषधसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad