कोशी


जनार्दनलाई ‘स्वार्थ समूह’को संज्ञा दिँदै प्रचण्डले भने: पदाधिकारी बैठकमा समीक्षा हुन्छ

जनार्दनलाई ‘स्वार्थ समूह’को संज्ञा दिँदै प्रचण्डले भने: पदाधिकारी बैठकमा समीक्षा हुन्छ

सुमन सुस्केरा
भदौ १२, २०८२ बिहिबार ११:५५, विराटनगर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्मा `प्रभाकर´लाई लक्ष्य गरी पार्टीभित्र ‘स्वार्थ समूह’ रहेको बताएका छन्। 

बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले  पार्टीको स्वार्थभन्दा बाहिर, पार्टीको लाइनभन्दा बाहिर, पार्टीको विधि र पद्धति, लिडरसिप, सिद्धान्तभन्दा बाहिर सार्वजनिक वा आन्तरिक रूपमा स्वार्थमा केन्द्रित भएर बैठक गर्ने व्यक्तिलाई आफूले स्वार्थ समूह भनेकाे बताए।

‘तपाईँलाई आफ्नै मान्छेले पत्याएको छैन, अरूले कसरी पत्याउने’ भनी पत्रकारहरूले गरेको प्रश्नमा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन या इतिहास रोकिँदैन यो कुरा स्थायी समितिको बैठकले प्रस्ट पारेको छ। तपाईंहरू यसलाई चर्काउने ढंगले प्रश्न गर्न जरुरी पनि छैन।’

प्रचण्डले आगामी पदाधिकारी बैठकमा यो विषय (जनार्दन शर्माले बोलेका कुरा) मा समीक्षा गरिने बताए। 

तर कस्तो समीक्षा भन्ने कुरा उनले प्रस्ट पारेनन्।

कारबाही हुने हो कि नहुने भन्ने प्रश्नमा पनि प्रचण्डले समीक्षा पछि मात्रै धारणा सार्वजनिक गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad