कोशी


प्रचण्डको दाबी: भण्डारीको सदस्यता नवीकरण ओलीकै सल्लाहमा, अध्यक्ष बनाउने कुरा पनि भएको थियो

‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किन हुँदैन भन्नु कुतर्क’
प्रचण्डको दाबी: भण्डारीको सदस्यता नवीकरण ओलीकै सल्लाहमा, अध्यक्ष बनाउने कुरा पनि भएको थियो

बिहीबार बिहान विराटनगर विमास्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा प्रचण्ड


सुमन सुस्केरा
भदौ १२, २०८२ बिहिबार १०:४५, विराटनगर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको दाबी गरेका छन्। 

बिहीबार बिहान  विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीकै सल्लाहमा भएको जिकिर गरेका हुन्। 

‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो’, उनले भने, ‘अध्यक्ष बनाउने कुरा पनि पहिले उनीहरूबीच भएको थियो। तर चीन भ्रमणपछि के भयो, त्यो मलाई थाहा छैन।’

प्रचण्डले भण्डारीसँग पछिल्लो समय कुनै भेटघाट वा संवाद नभएको पनि बताए।

भिडिओ

‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्नु कुतर्क’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति पदमा रहिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनु संविधान विपरीत नहुने पनि बताए। 

नेपालको संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्कन नपाइने कुनै प्रावधान नराखेको तर्क उनले गरे। 

अन्तर्राष्ट्रिय अभ्यासमा राष्ट्रपति भएर पनि पुनः प्रधानमन्त्री भएका, मेयर भएका धेरै उदाहरण विश्वमा रहेको सुनाउँदै उनले पूर्वराष्ट्रपतिले राजनीति गर्न हुँदैन  भन्नु ‘कुतर्क’ भएको टिप्पणी गरे। 

त्यसो त यस्तो तर्क कुनै बेला स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गरेका थिए। दुई वर्षअघि उनले अन्तर्वार्तामा बोलेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad