कला


हलमा लाग्यो सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’

हलमा लाग्यो सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १२:३, काठमाडौँ

सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ आजबाट प्रदर्शनमा आएको छ। यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज भएको हो।

भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा रिलिज भएको यस फिल्मले देशभरिका हलबाट १०३ शो पाएको छ। यस फिल्ममा सुरक्षा पन्त, नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार मुख्य भूमिकामा छन्।

पौडेल ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक हुन्। यस फिल्ममा निर्देशक पौडेलकै कथा रहेको छ। 

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। फिल्मको कार्यकारी निर्माता भने दिनेश खड्का हुन्। 

यस फिल्ममा सुरक्षा, नीति, आर्यन र मञ्जिलसहित ऋचा शर्मा, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय लगायतको अभिनय छ।

फिल्मको कथा देशको वर्तमान परिस्थिति, बेरोजगारीको समस्याले पिल्सिएको एउटा मध्यमवर्गको घरपरिवार कथामा आधारित रहेको निर्देशक पौडेलले बताए। बेरोजगारीको कारणले जनताले कुन हदसम्म दु:ख पाइरहेका छन्? उनीहरूको सपना कसरी टुटिरहेको छन्?  भन्ने विषयलाई सिस्टमसँग जोड्न खोजेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad