कोशी


बाह्रदशी सवारी दुर्घटना : २ जनाको मृत्यु, आमा र छोरा गम्भीर घाइते

बाह्रदशी सवारी दुर्घटना : २ जनाको मृत्यु, आमा र छोरा गम्भीर घाइते

सुमन सुस्केरा
असार २५, २०८२ बुधबार १८:१९, झापा

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। आमा र छोरा गम्भीर घाइते भएका छन्।

बुधबार दिउँसो करिब ३ः४० बजे राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा स्कुटी चालक कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक (पहिचान खुल्न नसकेको) गम्भीर घाइते भई उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्कुटरमा सवार मृतक श्रीप्रसाद राजवंशीका २७ वर्षीय बुहारी उर्मिला राजवंशी र ३ वर्षीय नाति आयुष राजवंशी गम्भीर घाइते भएका छन्। गम्भीर अवस्थामा रहेका उनीहरूलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ। दुवै बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा संलग्न दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad