चालू आर्थिक वर्षको बजेट निकासा आजबाट रोकिँदै छ।
सरकारले बुधबार राति १२ बजेटबाट सबै सरकारी खाता एक साताका लागि बन्द गर्नुपर्ने प्रावधानअनुसार आजबाट सम्पूर्ण बजेट निकासा रोक्ने भएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम महालेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालयलगायतका सबै सरकारी खाता बन्द गरिने भएको हो।
राति १२ बजेबाट लागू हुने गरी स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुँदै छ।
यस्तै मंगलबारसम्म सरकारको ११ खर्ब ९ अर्ब आम्दानी गर्दा खर्च भने १४ खर्ब ४७ अर्ब रुपैयाँ गरेको हो। खर्च आज राति १२ बजेसम्म गर्न पाउने व्यवस्थाका कारण अझै बढ्ने देखिन्छ।
Shares

प्रतिक्रिया