काठमाडौँ विश्वविद्यालयको एकेडेमिया इन्डष्ट्री कोअर्डिनेटरमा लक्ष्मण लामा नियुक्त भएका छन्। राम लामा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद बनेपछि रिक्त भएको पदमा उनकै जुम्ल्याहा भाइ लक्ष्मणलाई नियुक्त गरिएको हो।
वातावरणीय इन्जिनियरिङमा मास्टर्स गरेका लक्ष्मण केयूमै पीएचडीका विद्यार्थी पनि हुन्।
राम राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका हुन्। उनी आदिवासी जनजाती समूहतर्फ पहिलो नम्बरमा थिए।
सांसद बन्ने पक्का भएर रामले राजीनामा दिएपछि रिक्त भएको पदमा केयूको कार्यकारी परिषदले उनकै भाइलाई नियुक्ती दिएको हो।
भाइ नियुक्त भएपछि सांसद रामले यो पदका लागि उनी उपयुक्त पात्र भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत वधाई पनि दिएका छन्। राम बालेनको कोटाबाट रास्वपाको सांसद बनेका हुन्।
केयूको कार्यकारी परिषदले तीन पदाधिकारी नियुक्त गर्दा एक जना रास्वपा निकट, एक जना कांग्रेस र एक जना एमाले निकटलाई ल्याएको छ।
कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संगठनको केयू सभापति भोपाल गोविन्द श्रेष्ठलाई एसोसिएट डिन बनाइएको छ। कम्युनिटी इङ्गेजमेन्ट निर्देशकमा एमालेनिकट नानी रावत नियुक्त भएकी छन्।
Shares

प्रतिक्रिया