ad ad

ग्लोबल


बंगलादेश उथलपुथलबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक (भिडिओ)

बंगलादेश उथलपुथलबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक (भिडिओ)

नेपालखबर
साउन २२, २०८१ मंगलबार १०:५८, काठमाडौँ

बंगलादेशको अवस्थाबारे छलफल गर्न अहिले भारतीय संसदमा सर्वदलीय बैठक बसिरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार बैठक संसद् भवनमा सुरु भएको छ। 

बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभामा सदनका नेता जेपी नड्डा, संसदीय मामिलामन्त्री किरेन रिजिजु उपस्थित छन्। 

बैठकमा राहुल गान्धी र केसी वेणुगोपाल पनि पुगेका छन्।

द्रमुकका टीआर बालु, जेडीयूका लल्लन सिंह, सपाका रामगोपाल यादव, टीएमसीका सुदीप बन्द्योपाध्याय, आरजेडीका मीसा भारती, एसएस (यूबीटी) अरविन्द सावन्त, बीजेडीका सस्मित पात्रा, एनसीपी (एसपी)का सुप्रिया सुले, टीडीपीका रामनाथ मोदी पनि उपस्थित छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एस जयशंकर बंगलादेशको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।

हेर्नुहोस् भिडिओ-

बंगलादेशमा आन्दोलन चर्किएपछि सोमबार शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत आएकी छन्।

उनी सोमबार साँझ ५:३६ बजे भारत आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

हाल शेख हसिना भारतस्थित गाजियाबादको हिन्डन एयरबेसमा सेफ हाउसमा छिन्।

हसिनाले देश छाडेपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जनवरी २०२४ मा भएको निर्वाचनपछि बनेको संसद् विघटन भएको घोषणा गरेका छन्।

बंगलादेश संकट अपडेट :

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .