ग्लोबल


हर्मुजमा फेरि तनाव: इरानविरुद्ध ‘भीषण’ हमला, धेरै जना घाइते भएको आशंका

हर्मुजमा फेरि तनाव: इरानविरुद्ध ‘भीषण’ हमला, धेरै जना घाइते भएको आशंका

नेपालखबर
असार २४, २०८३ बुधबार १०:३६, काठमाडौँ

हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले बुधबार बिहान इरानविरुद्ध ‘भीषण’ हवाई हमला गरेको छ।

जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। 

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’ 

यसैबिच इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले आक्रमणलाई गत महिना अमेरिका-इरानबिच भएको शान्ति सम्झौताको उल्लंघन भनेका छन्। 

उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘यसविरुद्ध इरानले पनि निर्णायक कारबाही गर्नेछ।’

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले केसम टापु, बन्दर अब्बास र सिरिकमा आक्रमण गरेको हो।

अमेरिकाले यसअघि नै चेतावनी दिएको थियो- ट्यांकरहरूमा आक्रमण भए इरानले परिणाम भोग्नेछ। 

मंगलबार राति जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेन्टकमले भनेको छ, ‘हाम्रो हमला इरानले गरेको आक्रमणको प्रतिक्रियामा हो।’

सेन्टकमका अनुसार ‘अमेरिकी सेनाले इरानको पछिल्लो आक्रमणविरुद्ध तत्काल जवाफ दिँदै ८० भन्दा बढी लक्ष्यमा प्रहार गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad