ad ad

ग्लोबल


सेनाले दिएको थियो भाग्न ४५ मिनेटको अल्टिमेटम

सेनाले दिएको थियो भाग्न ४५ मिनेटको अल्टिमेटम

फाइल फाेटाे : शेख हसिना


नेपालखबर
साउन २१, २०८१ सोमबार २०:५९, काठमाडौँ

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनमा दिँदै देश छाडेकी छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार हसिना बैनीसहित बंगलादेशी वायुसेनाको विमानबाट भारत अवतरण गरेकी छन्।

यो खबर लेख्दासम्म उनी भारतीय राज्य उत्तर प्रदेशको गाजियाबादस्थित हिन्डन एयरबेसको सुरक्षित स्थानमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

देश छाड्नुअघि उनले निकै भयावह अवस्था भोग्नुपरेको थियो। 

बंगलादेशी अखबारका अनुसार देश छाड्नुअघि शेख हसिना बिदाइ भाषण रेकर्ड गर्न चाहन्थिन्।

तर, भाषणको तयारी गर्दागर्दै अवस्था यस्तो भयावह बन्यो कि उनले देश छाडेर भाग्नुपर्‍यो।

सेनाले दिएको थियो ४५ मिनेटको अल्टिमेटम 
बंगलादेशी सेनाले शेख हसिनालाई देश छाड्न ४५ मिनेटको अल्टिमेटम दिएको बताइएको छ।

जसका कारण उनले बिदाइ भाषण रेकर्ड गर्न पनि भ्याइनन्।

नेपालखबरमा बंगलादेश संकट अपडेट :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .