ad ad

ग्लोबल


प्रधानमन्त्री शेख हसिनाले ढाका छोडिन्, सेना प्रमुखले सम्बोधन गर्दै

प्रधानमन्त्री शेख हसिनाले ढाका छोडिन्, सेना प्रमुखले सम्बोधन गर्दै

प्रदर्शनमा उत्रिएका बंगलादेशी विद्यार्थी


नेपालखबर
साउन २१, २०८१ सोमबार १५:३, काठमाडौँ

विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजधानी ढाका छाडेकी छिन्। समाचार संस्था अलजजिराले सुरक्षित स्थान खोज्दै उनी राजधानी ढाका बाहिर गएको  उल्लेख गरेको छ। 

सुरक्षित स्थान खोज्दै बहिनीसहित उनले प्रधानमन्त्री निवास छोडेको बताइएको छ। प्रधानमन्त्री हसिनाले बंगलादेशी जनतामाझ आफ्नो भनाइ राख्न चाहेको भए पनि त्यो सम्भव नभएको समाचारमा उल्लेख गरिएको छ। 

यसैबीच बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। 

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा आइतबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ।

विद्यार्थीले प्रधानमन्त्री हसिनाको राजीनामा मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .