ग्लोबल


होर्मुजमा कतार र साउदीका ट्यांकरमा इरानको प्रहार

होर्मुजमा कतार र साउदीका ट्यांकरमा इरानको प्रहार

नेपालखबर
असार २४, २०८३ बुधबार ७:१५, काठमाडौँ

इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आईआरजीसी) को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरिएको जनाएको छ।

फर्सका अनुसार अमेरिका-समर्थित ओमानी मार्ग प्रयोग गर्दै ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजेका ती ट्याङ्करले चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको हो।

फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टले सार्वजनिक गरेका स्याटेलाइट तस्बिर तथा समुद्री आवागमनसम्बन्धी तथ्याङ्क उद्धृत गर्दै घटनापछि जापान, भारत तथा अन्य पश्चिमी मुलुकका केही जहाजले आफ्नो मार्ग परिवर्तन गरी इरानले तोकेको जलमार्ग प्रयोग गरेको जनाएको छ।

विभिन्न सञ्चारमाध्यमका अनुसार घटनापछि ‘स्ट्रेट अफ होर्मुज’ नजिक कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को ट्याङ्करमा क्षति भएको छ ।

‘अल-रेकाय्यात’ नामको कतारी जहाजमा प्रहार भएपछि त्यसले सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको बताइएको छ।

कतारले उक्त आक्रमणको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन तथा अन्तरराष्ट्रिय समुद्री आवागमन र विश्वव्यापी ऊर्जा सुरक्षामाथिको खतरा भएको जनाएको छ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी विज्ञप्तिमा घटनाका लागि इरानलाई पूर्ण रूपमा कानुनी रूपमा जिम्मेवार ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad