ad ad

ग्लोबल


हसिना भारततर्फै किन भागिन्?

हसिना भारततर्फै किन भागिन्?

नेपालखबर
साउन २१, २०८१ सोमबार १७:४१,

आन्दोलनको वेग थाम्न नसकेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर ‘सुरक्षित स्थान’ अर्थात् भारत पुगेकी छन्।

संकटको घडीमा उनले शरणस्थलका रूपमा भारतलाई नै किन रोजिन् त?

गत वर्षहरूमा हसिनाको सबैभन्दा ठूलो सहयोगी भारत नै रहँदै आएको छ। र, यसबाट दुवै मुलुकलाई फाइदा पनि छ।

भारतको उत्तरपूर्वी राज्यहरूको सिमाना बंगलादेशसँग जोडिएको छ। तीमध्ये कयौँ राज्यमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन्। ढाकामा मित्रशक्ति सत्तामा हुँदा ती समूहसँग जुध्न पनि भारतलाई सहयोग पुग्छ।

आफ्नो कार्यकालमा हसिनाले बंगलादेशमा भारतविरोधी समूहहरूलाई कडाइ गरिन्। जसका कारण दिल्लीमा उनका मित्र बढे। बंगलादेश हुँदै ती उत्तरपूर्वी राज्यहरूमा सामान लैजाने पारवहन सुविधा पनि हसिनाले भारतलाई दिइन्।

१९९६ मा पहिलोपटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी छन्। उनले दिल्लीसँगको निकटतालाई जहिले पनि उचित ठहर गर्दै आएकी छन्।

२०२२ मा भारत भ्रमणका बेला उनले १९७१ को स्वतन्त्रता युद्धमा भारतले आफ्नो कसरी सघाएको थियो भने सम्झना पनि गरेकी थिइन्।

तर, दिल्लीसँग उनको निकटताको विपक्षीहरूले आलोचना गर्ने गरेका छन्। भारतले बंगलादेशको कुनै एक पार्टीलाई होइन, जनतालाई समर्थन गर्नुपर्ने उनीहरूको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .