ad ad

ग्लोबल


प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि के लेखे बंगलादेशका पत्रपत्रिकाले?

प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि के लेखे बंगलादेशका पत्रपत्रिकाले?

नेपालखबर
साउन २२, २०८१ मंगलबार ९:३४, काठमाडौँ

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि त्यहाँका अखबारले आज (मंगलबार) विभिन्न दृष्टिकोणबाट समाचार लेखेका छन्।

दैनिक ‘प्रथम आलो’को समाचारको हेडलाइन छ– शेख हसिनाले अन्तिममा पनि बल प्रयोग गर्न चाहन्थिन्। 

उक्त पत्रिकाले हसिना थप बल र अधिक रक्तपात मार्फत अन्तमा सत्ता कायम राख्न चाहन्थिन् भनेर लेखेको छ। 

‘समकाल’ पत्रिकाको हेडलाइन छ– विद्यार्थीको रगतको विजय।

उक्त पत्रिकाले लेखेको छ– बंगलादेशमा जनताले जितेको भनिएको छ तर विद्यार्थीको रगतले रंगिएको छ।

‘नयाँ युग’को खबर यसरी सुरु हुन्छ– खालिदाको रिहाइ, जेएस विघटन, छिट्टै राष्ट्रिय सरकार

पहिलो पृष्ठमा रहेको यो रिपोर्टअनुसार पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले बीएनपी अध्यक्ष खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय भएको बताएका छन्।

बंगलादेश ग्रामीण बैंकका संस्थापक मोहम्मद युनुसलाई उद्धृत गर्दै ‘नया दिगन्त’ पत्रिकामा विद्यार्थीको विजय दोस्रो स्वतन्त्रता भएको उल्लेख गरिएको छ।

विजय दिवसमा प्रहरीको गोली लागेर १०३ जनाको मृत्यु – यो खबर युगान्तर पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ।

प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएपछि अवामी लिगका मन्त्री तथा सांसदहरूका निवास, केन्द्रीय कार्यालय र अन्य कार्यालयमा तोडफोड र आगजनी भएको समाचारमा लेखिएको छ।

‘बिजनेस स्ट्यान्डर्ड’ले लेखेको छ– आजदेखि कर्फ्यु समाप्त, सबै शैक्षिक, निजी संस्था र कलकारखाना पनि खुल्ने।

बंगलादेश संकट अपडेट :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .