कारोबार


प्रधानमन्त्रीले उद्योगी-व्यवसायीलाई बोलाए मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्रीले उद्योगी-व्यवसायीलाई बोलाए मन्त्रिपरिषद् कार्यालय

नेपालखबर
असार २४, २०८३ बुधबार ८:५३, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) उद्योगी-व्यवसायीसँग छलफल गर्ने भएका छन्। 

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌काे कार्यालयमा बिहान ११ बजे हुनेछ। 

प्रधानमन्त्रीसँग छलफलका लागि बाेलाइएकाे चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालखबरलाई जानकारी दिए।

छलफलका लागि चेम्बर अफ कमर्सका साथै नेपाल उद्याेग वाणिज्य महासंघका नेतृत्वकर्ता तथा पदाधिकारीलाई मन्त्रिपरिषद्‌को कार्यालयमा बाेलाइएकाे छ।

उद्याेगी व्यवसायीले सरकारले बजेट ल्याउनु अघिदेखि नै प्रधानमन्त्रीसँग छलफल गर्न खाेजेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad