ad ad

ग्लोबल


लगातार तेस्रोपटक आज प्रधानमन्त्रीको शपथ खाएपछि मोदीले बनाउनेछन् यी कीर्तिमान

लगातार तेस्रोपटक आज प्रधानमन्त्रीको शपथ खाएपछि मोदीले बनाउनेछन् यी कीर्तिमान

फाइल तस्बिर : नरेन्द्र मोदी


नेपालखबर
जेठ २७, २०८१ आइतबार ११:५४, काठमाडौँ

आज (आइतबार) भारतमा नयाँ सरकार गठन हुँदै छ। वाराणसी निर्वाचन क्षेत्रबाट निर्वाचित भाजपा सांसद नरेन्द्र मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै छन्। 

यस क्रममा मोदीले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु लगातार तीनपटक प्रधानमन्त्री बनेको कीर्तिमान पनि बराबरी गर्नेछन्। 

पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदीले यसअघि आफ्नो नाममा धेरैवटा कीर्तिमान बनाइसकेको दाबी भारतीय पत्रिका अमरउजालाले गरेको छ:  

अमेरिकी संसद्को सम्बोधन
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २२, २०२३ मा अमेरिका भ्रमण क्रममा दोस्रोपटक अमेरिकी सदनलाई सम्बोधन गरे। यसअघि सन् २०१६ जुन ८ मा पनि उनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। जुन २०२३ मा अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्नेबित्तिकै उनले महान् नेता नेल्सन मण्डेलाको बराबरी गरेका थिए। मोदीले अमेरिकी संसदलाई दुई वा सोभन्दा बढीपटक सम्बोधन गर्ने केही महान् नेताहरूको बराबरी गरेका छन्। दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्ध लड्ने महान् नेता नेल्सन मण्डेला र इजरायलका पूर्वप्रधानमन्त्री यित्जाक राबिनले पनि अमेरिकी संसद्‌लाई दुईपटक सम्बोधन गरेका थिए। जहाँ विन्स्टन चर्चिल र इजरायलका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी सदनलाई तीन/तीनपटक सम्बोधन गरेका छन्।

राजीव गान्धी र अटल बिहारी वाजपेयीलाई पछि पारे
मोदीले अमेरिका भ्रमणका क्रममा पूर्ववर्तीहरू राजीव गान्धी र अटल बिहारी वाजपेयीका साथै मनमोहन सिंह र पीवी नरसिम्हा रावलाई पछि पारेका छन्।  यी नेताहरूले अमेरिकी संसद्‌को संयुक्त बैठकलाई एक/एकपटक मात्र सम्बोधन गरेका छन्। राजीव गान्धी भारतका पहिलो प्रधानमन्त्री थिए, जसले सन् १९८५ मा पहिलोपटक अमेरिकी सदनलाई सम्बोधन गरेका थिए।

योग सत्रले गिनिज वर्ल्ड रेकर्ड राख्यो
जुन २०२३ मा, संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री मोदीको नेतृत्वमा योग सत्रले गिनिज वर्ल्ड रेकर्ड बनाएको थियो। प्रधानमन्त्री मोदीको नेतृत्वमा, २१ जुन २०२३ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित योग समारोहमा अधिकांश देशका मानिसको सहभागिताका लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको थियो। उनीसँगै संयुक्त राष्ट्र संघको ७७औँ महासभाका अध्यक्ष कासाबा कोरिसी, उपमहासचिव अमिना मोहम्मद र न्युयोर्क सहरका मेयर एरिक एडम्स पनि सहभागी थिए।

अयोध्या भ्रमणको रेकर्ड
प्रधानमन्त्री नरेन्द्र मोदी २८ वर्षको अन्तरालपछि ५ अगस्ट २०२० मा अयोध्या पुगेका थिए र एकै दिनमा धेरै कीर्तिमान बनाएका थिए। रामजन्मभूमिको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्। साथै कुनै  भारतीय प्रधानमन्त्रीले हनुमानगढीमा भगवान हनुमानको आशीर्वाद लिएको पहिलोपटक उनैले हो। मोदी सन् १९९२ मा अयोध्या आएका थिए र अयोध्याको जीआईसी मैदानमा मुरली मनोहर जोशीसँगको सभालाई सम्बोधन पनि गरेका थिए। त्यसपछि उनले रामललाको दर्शन गरे। मोदी तत्कालीन भाजपा अध्यक्ष डा. मुरली मनोहर जोशीको नेतृत्वमा भएको ‘तिरंगा यात्रा’को संयोजक थिए, जुन डिसेम्बर १९९१ मा सुरु भयो र १८ जनवरी, १९९२ मा अयोध्या पुग्यो। धारा ३७० खारेजीको माग गर्दै यो यात्रा निकालिएको थियो। 

युट्युबमा दुई करोड सब्सक्राइबर हुने पहिलो नेता
डिसेम्बर २०२३ मा नरेन्द्र मोदी युट्युबमा २ करोड सब्सक्राइबर्स प्राप्त गर्ने पहिलो विश्वव्यापी नेता बने। युट्युबमा सब्सक्राइबर र भ्युजको मामिलामा मोदीले विश्वका आफ्ना प्रतिद्वन्द्वी नेताहरूलाई धेरै पछाडि छाडेका थिए। त्यतिबेला मोदीको युट्युब च्यानलमा कुल ४५० करोड भ्युज थिए। त्यतिबेला  मोदीपछि दोस्रो ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो थिए, जसको च्यानलमा ६४ लाख सब्सक्राइबर्स थिए। यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनको नाम आउँछ।

कुमाउँ भ्रमणमा विश्व कीर्तिमान 
अक्टोबर २०२३ मा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड भ्रमणका क्रममा एक विशेष र नयाँ विश्व कीर्तिमान बनाएका थिए। यसले वर्ल्ड बुक अफ रेकर्डमा स्थान पायो। प्रधानमन्त्री मोदीको कुमाउँ भ्रमणका क्रममा कुमाउँको छोलिया र झोडा लोकनृत्यको प्रस्तुति र ढोल दमौंको लोक वाद्ययन्त्रले वर्ल्ड बुक अफ रेकर्डमा स्थान पायो। उत्तराखण्डको पिथौरागढमा समुद्र सतहदेखि ५३३८ फिट (१६२७ मिटर) उचाइमा संस्कृति विभागले आयोजना गरेको यो अनुपम कार्यक्रममा प्रदेशका तीन हजार लोक कलाकारले आफ्नो परम्परागत भेषभूषा र लोकगीतका साथ भाग लिएका थिए।

प्यालेस्टाइन र इजरायलको यात्रा
फेब्रुअरी २०१८ मा नरेन्द्र मोदीले प्यालेस्टाइनको भ्रमण गरेर अर्को कीर्तिमान बनाए। भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण थियो। यसअघि २०१७ मा उनी इजरायल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बने।

पुटिन र सीपछि सबैभन्दा लामो समय जी-२० नेता
एनडीएले लगातार तेस्रोपटक जित हासिल गरेपछि प्रधानमन्त्री बनेका मोदी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङपछि आगामी पाँच वर्षसम्म जी–२० मा सबैभन्दा लामो समय सेवा गर्ने नेता बन्नेछन्। ६ जुन २०२४ सम्म, मोदीले २६ मे २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएदेखि ३६६४ दिन सेवा गर्नेछन्। उनी पहिले नै जी२० को तेस्रो सबैभन्दा लामो सेवा गर्ने नेता हुन्, आफ्नो रेकर्ड विस्तार गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .