ad ad

राजनीति


यी राष्ट्रपति र प्रधानमन्त्री, जो मोदीको शपथमा दिल्लीमा भेला हुँदैछन्

यी राष्ट्रपति र प्रधानमन्त्री, जो मोदीको शपथमा दिल्लीमा भेला हुँदैछन्

बायाँबाट क्रमशः प्रधानमन्त्री प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु।


नेपालखबर
जेठ २६, २०८१ शनिबार १२:३, काठमाडौँ

भारतको लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गरिरहेका छन्।

भोलि जुन ९ मा मोदीसँगै केही मन्त्रीले शपथ खाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

शपथ समारोहमा नेपालसहित धेरै देशका प्रमुखलाई भारतले निमन्त्रणा गरेको छ।

जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु छन्। 

भारतको केन्द्रीय सरकारको विज्ञप्तिअनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनाहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।

भारतको ‘छिमेक नीति’ र ‘सागर’ भिजनअन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .