ad ad

ग्लोबल


मोदीको शपथमा किन बोलाइएनन् पाकिस्तान र चीन?

मोदीको शपथमा किन बोलाइएनन् पाकिस्तान र चीन?

फाइल तस्बिर : चीनका राष्ट्रपति सी चिनफिङ र नरेन्द्र मोदी


नेपालखबर
जेठ २७, २०८१ आइतबार ९:२३, काठमाडौँ

तेस्रो कार्यकाल सुरु हुनुअघि नै शपथ समारोहमा पाकिस्तानलाई बेवास्ता गर्दै हिन्द महासागर क्षेत्रका देशहरूलाई निमन्त्रणा गरेर नरेन्द्र मोदीले छिमेकीलाई पहिले नयाँ सागर नीतिमा अघि बढ्नुपर्ने सन्देश दिएका छन्। समारोहमा विशेष अतिथिका रूपमा बोलाइएका सात देशमध्ये पाँच हिन्द महासागर क्षेत्रका छन्। यीबाहेक नेपाल र भुटान दुई राष्ट्र छन्, जसको विकासका लागि चीनले वर्षौंदेखि सहयोग गरिरहेको छ। अघिल्लो शपथमा जस्तै मोदीले यसपटक पनि पाकिस्तान र चीनलाई निम्ता दिएनन्।

यी देशका सरकार प्रमुख सहभागी हुनेछन्
शपथ समारोहमा श्रीलंका र माल्दिभ्सका राष्ट्रपति, मौरिसस, बंगलादेश, नेपाल र भुटानका प्रधानमन्त्री र सेशेल्सका उपराष्ट्रपति सहभागी हुनेछन्। शपथ सकिएपछि मोदीले यी सबै देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गरेर विश्वलाई नयाँ कूटनीतिक सन्देश दिन खोजिरहेका छन्। 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गर्ने रात्रिभोजमा पनि सबै सरकार प्रमुख सहभागी हुनेछन्।

आतंकवाद नरोकिएसम्म पाकिस्तानसँग वार्ता नगर्ने 
मोदी सरकारको तेस्रो कार्यकालमा पनि पाकिस्तानले प्राथमिकता पाउने छैन। भारतले आतंकवादलाई नरोकेसम्म पाकिस्तानसँग कुनै पनि प्रकारका वार्ता नगर्ने बताइरहेको छ। 

तेस्रो कार्यकालको सन्देश भनेको भारतले हिन्द महासागर क्षेत्रसँग जोडिएका देशहरूलाई प्रयोग गरेर चीनविरुद्ध कडा जवाफ दिन चाहन्छ।

बंगलादेशसँग भारतको द्विपक्षीय सम्बन्ध निकै बलियो छ। तर, चीनले यसलाई भारतबाट अलग्याउन खोजिरहेको विश्लेषण भारतीय सञ्चारमाध्यमले गरेका छन्। सेशेल्स–मरिससमा समुद्री सुरक्षाका विषयमा दुवै देश नजिक आएका छन्। यीमध्ये सबैभन्दा महत्त्वपूर्ण माल्दिभ्स हो। सत्ता परिवर्तनपछि यहाँका राष्ट्रपतिको चीनसँग गहिरो विवाद छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .