ad ad

ग्लोबल


बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किंदै

वर्तमान प्रधानमन्त्री ऋषि सुनकको पार्टी लज्जाजनक हारको संघारमा
बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किंदै

केयर स्टारमर


नेपालखबर
असार २१, २०८१ शुक्रबार ७:४२, काठमाडौँ

बेलायतमा सम्पन्न निर्वाचनमा लेबर पार्टी ठूलो जिततर्फ अघि बढेको छ। योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको संघारमा छ। बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किंदै छ। 

लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्नेछन्। लेबर पार्टीले अहिलेसम्म ११ सिट जितिसकेको छ भने कन्जरभेटिभ पार्टीले एउटा मात्र सिट जितेको छ। 

एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान छ। तर  कन्जरभेटिभ पार्टीले जम्मा १३१ सिट पाउने देखिएको छ। 

कियर स्टारमरले सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिएका छन्। यसअघि सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .