ad ad

ग्लोबल


शपथअघि मोदी बिहानै राजघाट पुगेर सम्झिए महात्मा गान्धी

शपथअघि मोदी बिहानै राजघाट पुगेर सम्झिए महात्मा गान्धी

आइतबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा ध्यानमग्न मोदी। तस्बिर : एएनआई


नेपालखबर
जेठ २७, २०८१ आइतबार ८:३७, काठमाडौँ

लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खानुअघि नरेन्द्र मोदी आज (आइतबार) बिहानै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्। 

बीबीसी हिन्दीका अनुसार मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरे। 

मोदीले आज साँझ ७:१५ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ। 

राजघाटपछि मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .