ad ad

राजनीति


आज भारत जाँदै प्रधानमन्त्री, मोदीको शपथपछि भेटवार्ता

आज भारत जाँदै प्रधानमन्त्री, मोदीको शपथपछि भेटवार्ता

नेपालखबर
जेठ २७, २०८१ आइतबार ६:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  आज अपराह्न नयाँदिल्ली जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्।

भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ खाने कार्यक्रम छ।

भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

 प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .