ad ad

ग्लोबल


बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएपछि स्टार्मरले भने: मलाई मत नदिनेहरूका लागि पनि काम गर्छु

बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएपछि स्टार्मरले भने: मलाई मत नदिनेहरूका लागि पनि काम गर्छु

पत्नीका साथ किएर स्टारमर


नेपालखबर
असार २१, २०८१ शुक्रबार ८:५६, काठमाडौँ

बेलायतको लेबर पार्टीका नेता कियर स्टार्मरले आफूलाई मत नदिनेहरूका लागि पनि काम गर्ने बताएका छन्।

उनले भने, ‘म सबैको हितमा काम गर्छु।’

‘म तपाईंको लागि बोल्छु’, स्टार्मरले मतदाताहरूलाई भने, ‘हरेक दिन तपाईंका लागि लड्नेछु। परिवर्तनको लागि तयार छु।’

अब परिवर्तनको सुरुवात हुने दाबी गर्दै उनले थपे, ‘यो तपाईंको लोकतन्त्र हो। तपाईंको समुदाय र तपाईंको भविष्य हो। तपाईंले भोट गर्नुभयो र अब परिणाम दिने पालो हाम्रो।’

विपक्षी नेता बन्नुअघि, कियर स्टार्मरले २००८ र २०१३ बीच इङल्यान्ड र वेल्समा वकिलका रूपमा काम गरे।

६१ वर्षीय कियर स्टार्मर चार वर्षदेखि विपक्षी दलको नेता छन् र आफ्नो लेबर पार्टीलाई वाम झुकावबाट राजनीतिक रूपमा केन्द्रवादी बाटोतर्फ लैजाने श्रेय उनलाई दिइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .