यही जनवरी १९ देखि जारी युद्धविरामअन्तर्गत शनिबार हमासले दोस्रोपटक चार इजरायली बन्धक रिहा गरेको छ।
हमासले २०२३ अक्टोबर ७ का दिन इजरायलमा आक्रमण गर्दा बन्धक बनाइएकामध्ये शनिबार चार इजरायली महिला सैनिकलाई छाडिदिएको हो।
शनिबार रिहा भएकाहरू करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा लिभाई र लिरी अल्बाग हुन्। १६ महिनापछि उनीहरू घर पुग्दा परिवारका सदस्य अँगालो हाल्दै रोए।
जसका केही तस्बिर सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।
हेर्नुहोस्ः




चार बन्धकको सट्टामा इजरायलले पनि शनिबार २ सय प्यालेस्टिनी कैदी रिहा गरेको छ।
युद्धविराम सम्झौताअनुसार हमास र इजरायलले एकअर्काका नागरिकलाई आफ्नो नियन्त्रणबाट क्रमश: मुक्त गरिरहेका हुन्।
यसअघि पहिलोपटक हमासले ३ महिला बन्धक छाड्यो भने सट्टामा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो।
युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ।
यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।
हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।
त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसी
Shares

प्रतिक्रिया