इजरायल कारागार सेवाले शनिबार रिहा हुने भनिएका सबै २०० प्यालेस्टिनी कैदी रिहा गरिएको बताएको छ।
गाजा युद्धविराम सम्झौताअन्तर्गत हमास रहेका इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदी साटासाट गरिएको यो दोस्रोपटक हो।
यसअघि आजै हमासले चार इजरायली महिला बन्धक रिहा गरेको थियो। चारै जना इजरायली महिला सैनिक हुन्।
गाजा र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको हो।
युद्धविराम सम्झौताअनुसार हमास र इजरायलले एकअर्काका नागरिकलाई आफ्नो नियन्त्रणबाट क्रमश: मुक्त गरिरहेका हुन्।
यसअघि पहिलोपटक हमासले ३ महिला बन्धक छाड्यो भने सट्टामा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो।
युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ।
यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।
हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।
त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसी
Shares

प्रतिक्रिया