नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना लुम्बिनी प्रदेशमा सकिएको छ।
लुम्बिनी प्रदेशबाट प्राप्त भएको मतगणनाको अन्तिम विवरण अनुसार विजय सापकोटाले अग्रता कायमै राखेका छन्। कुल १९४ मत खसेकोमा उनले ८५ मत प्राप्त गरेका छन्।
लुम्बिनीमा ३३२ मतदाता भए पनि १९४ मत मात्र खस्यो।
त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु हेमन्त राइले ६६, सुदिन पौडेलले २२ मत प्राप्त गरेका छन्। ६ मत बदर भएको छ।
अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।
अध्यक्ष, महासचिव लगायतका पदमा सहमति हुन नसकेपछि आज मतदान भएको थियो। कुल १९१५ जनाले मतदान गरेका थिए।
Shares

प्रतिक्रिया