गण्डकी


पोखरामा सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला

पोखरामा सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला

नेपालखबर
फागुन ११, २०८१ आइतबार २०:३९, पोखरा

सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। 

कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी हुन्। उनी ब्यारेकको महिला शौचालयनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन्।

थापाका अनुसार सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन्।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्। 

तर, तालिम सकेर काममा फर्किन नपाउँदै मृत भेटिएकी हुन्। घटनाबारे अनुसन्धान हुने सहप्रवक्ता थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad