ad ad

गण्डकी


पोखरा १८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा १८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

सांकेतिक तस्बिर


नेपालखबर
चैत २१, २०७९ मंगलबार २०:२९, पोखरा

उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न पोखरा महानगरपालिका वडा नम्बर १८ को चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ।

निर्वाचन आयोगले घोषणा गरेको नतिजा उपर पुनः मतदानको यो आदेश नेपालकै पहिलो हो। 

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गतेलाई पुनःमतगणनाको दिन तोकेको छ। अदालतकै रोहवरमा मतगणना हुनुपर्ने अदालतको आदेश छ। 

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी भएको घोषणा गरिएको थियो। तर, एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासी पुस्कलबहादुर थापाले नतिजामा असहमति जाहेर गर्दै आफू ९ मतले विजयी भएको जिकिर गरेका थिए।

निर्वाचन कार्यालयले त्यतिबेला शिवले १६ सय ४३ र पुस्कलले १६ सय ४० मत प्राप्त गरेको घोषणा गरेको थियो।

गएको वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम जेठ १० गते आएको थियो । वैशाख १२ गते शिवलाई विजयी भएको प्रमाणपत्र दिइएको थियो।

निर्णयप्रति चित्त नबुझेपछि पुस्कलले अदातलको ढोका ढक्ढक्याएका थिए।

पुस्कलको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले अदालतको आदेशसँगै शिवको पद निलम्बित भएको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .