गण्डकी


पहिराले मध्यपहाडी लोकमार्ग बन्द, यात्रु अलपत्र

पहिराले मध्यपहाडी लोकमार्ग बन्द, यात्रु अलपत्र

तस्बिर : रासस


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ९:५४, कुश्मा

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा यातायात बन्द भएको छ। 

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए। 

वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ। 

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ। पानी पर्न छाडेपछि पहिरो हटाइने न्यौपानेले बताए।

यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो। पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन्। केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .