युवा गायक राजेश सापकोटाको स्वरमा रहेको ‘डाँडा पारि गाउँमा’ गीतको म्यूजिक भिडियो द बोस टीभी नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
देव धिमालको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा देशको रक्षामा आफ्नो जिउ ज्यानको बलिदान गर्ने सुरक्षाकर्मीहरुले आफ्नो मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ। आपसमा खुसी साटसाट गरेको दृश्यलाई गीतमा समाबेस गरिएको छ।
रोशन लुइटेलको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ। गोकर्ण रिर्सोट आसपासतिर छायाँकन गरिएको भिडियोमा सन्तोष लामा, बविता तामाङ, सरोज शाही, अर्जुन थापा, बरुण थापा, दिपेश लामा, दिनेश सुनुवार, विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ।
3
Shares

प्रतिक्रिया