आज कलाकार तथा निर्माता जितु नेपालको जन्मदिन। उनको जन्मदिनको अवसरमा कुनैबेला उनीसँग फिल्म निर्माण र अभिनयमा सहकार्य गरेका कलाकार दीपकराज गिरीले शुभकामना दिएका छन्।
उनले फेसबुकमा जितुसँगको तस्विर राख्दै आफूहरूको मित्रता कृत्रिम नरहेको उल्लेख गरेका छन्।
३ दशकदेखि आफूहरूको मित्रता टिकिरहेको बताउँदै दीपक लेख्छन् ‘मित्रता भनेको कागजको फूल होइन सधै उस्तै दुरूस्तै र कृत्रिम देखिने! मीठो र स्वादिष्ट सम्बन्धका लागि त अलिकति अमिलो हाल्यो, अलिकता गुलियो मिसायो। त्यसमा एक चम्चा समझदारी, एक चिम्टी बिश्वास। थोरै ठास्स ठुस्स, केही मतभिन्नता मिसाएर सहकार्यको आगोमा पकाएपछि बल्ल बन्छ हाम्रो जस्तो सम्बन्ध! सायद त्यहि कुराले नै हामीले ३० बर्ष देखि एक अर्कालाई शुभकामना दिइरहन सक्ने बनाएको छ। जन्मदिनको असाध्यै शुभकामना प्रिय मित्र जीतु नेपाल।’
दीपकको प्रस्तुत शुभकामनाले यी दुई कलाकारबीचको मित्रता अनि उचाडचडावलाई बुझ्न सकिन्छ। दीपक र जितुले ‘छक्कापञ्जा’ का सिरिजसहित ‘छ माया छपक्कै’ लगायतका फिल्ममा सहकार्य गरेका छन्। बीचमा भने उनीहरूबीच खटपट भएको थियो।
Shares

प्रतिक्रिया