विद्यालयहरूले शिक्षक र विद्यार्थीहरूलाई चलचित्र ‘रोल नम्बर १’ सामूहिक रूपमा देखाउन थालेका छन्। चलचित्रले उठाएका विषयवस्तुहरूले परिवारभित्रको संवाद र बुझाइ बढाउन मद्दत गर्ने शिक्षकहरूले प्रतिक्रिया दिएका छन्।
सिनेमाले शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती र सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गरेको दर्शकहरूको भनाइ छ।
चलचित्रले विद्यार्थीदेखि अभिभावकसम्म सबै उमेर समूहका दर्शकलाई छोएको प्रतिक्रिया निरन्तर प्राप्त भइरहेको निर्माण कम्पनीले जनाएको छ।

प्रतिक्रिया