२०७२ को महाभुकम्पबाट क्षति पुगेपछि भद्रगोल चौरकाे रुपमा परिणत हुन पुगेको रानीपोखरी र त्यहाँस्थित बालगोपालेश्वर मन्दिरको पाँच वर्षपछि पुनर्निर्माण भएको छ।
सुरुमा काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई कंक्रिट र टायलको प्रयोग गरी आधुनिक शैलीमा पुनर्निर्माण गर्ने तयारी गरेपछि स्थानीय तथा सम्पदा संरक्षण क्षेत्रका अभियन्ताहरुले त्यसको विरोध गरेका थिए।
त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो ऐतिहासिक सम्पदाको मौलिक स्वरुपमै पुनस्र्थापित गर्ने जिम्मेवारी लिएको हो।
प्राधिकरणले जमलस्थित सो पोखरीको पुनर्निर्माण गरी पानी भरेपछि अहिले सो क्षेत्रमा चहलपहल बढेको छ। बाँकी कामहरु पनि पुरा गरी तिहारसम्ममा बालगोपालेश्वर मन्दिर समेत खुला गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।
3
Shares

प्रतिक्रिया